मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

२८ आश्विन २०७७, बुधबार
सांकेतिक तस्वीर

मोरङको रतुुवामाई नगरपालिका–१० सातमेडीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । घर छेउमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको हो ।

अचानक करेन्ट लागेर बेहोस भएका उनको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार साँझ मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।