विराटनगरमा अवैध भन्सार छलिका सामान सहित २ जना पक्राउ

२८ आश्विन २०७७, बुधबार

अवैध भन्सार छलिका सामान सहित २ जना पक्राउ परेका छन् । बुधबार बिहान ३:४५ बजे वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर ०९ महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

प्रदेश नं. १-०२-००२ ह ८६२१ नं. को अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ पारीजात टोल बस्ने बर्ष १८ को अविनास साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै बुधबार नै बिहान करीब ०३:४५ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर छेउमा भारतको जोगवनीबाट नेपालतर्फ ल्याउँदै गरेकाे अवस्थामा पक्राउ गरिएकाे छ। काे २ प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामान सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ सुडी वस्ती बस्ने बर्ष १८ को भोला चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा CRV जतुवा बाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएकाे बताएकाे छ ।

पक्राउ परेका दुवैलाइ आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइहेकाे प्रहरीले जनाएकाे छ।