बलात्कार विरुद्ध विराटनगरका युवाहरू सडकमा

२८ आश्विन २०७७, बुधबार
तस्वीरहरू- अमूल आचार्य

विराटनगर । असाेज २८

विश्वभरबाट बलात्कारको दिन प्रतिदिन खबर आइरहेको बेला नेपालमा पनि अहिले बलात्कारका खबर निकै बढिरहेका छन् । केही बर्ष अगाड मात्रै “निर्मला पन्तकाे” को बलात्कारीलाई अहिले सम्म पकाउ गर्न असफल नेपाल सरकार र नेपाल प्रहरीले अहिले बढी रहेको बलात्कारको लागि के गर्ला त?

त्यही बलात्कारीलाई सजायको माग गर्दै विराटनगरका दुइ सयभन्दा बढी युवा, महिला र सराेकारवालाहरूले सडकमै ओर्लिएर नेपाल सरकारको विरोध गरेका छन् ।

उनीहरूले विराटनगरकाे ट्राफिक चोकमा भेला भइ  “बलात्कारीलाई सजाय”, “खै त सरकार तिमी कता छौ?” जस्ता नारा लगाएका थिए । उनीहरूले विराटनगरकाे मुख्य बजार हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगी विराेधकाे कार्यक्रम समापन गरे।

सबै जनाले नेपाल सरकार विरोधमा कालो झणडा र कालो कपडा देखाउँदै नाराबाजी गरे । अझै पनि नेपालमा बलात्कार र बलत्कारीविरुद्ध केही कारबाही न भए अझै ठुलो संख्यामा जनता सडकमा उत्रिने उनीहरूकाे भनाइ छ ।

देशभर बडेकाे बलात्कारका घटना र राज्यकाे उदासीनताले निरास बनाएकाे भन्दै महिलाहरुले अब त कतै निस्कन पनि डरदाग्दाे परिस्थिति बन्दै गरेकाे दुखेसाे पाेखे ।