२४ घण्टामा देशभर २६३८ जनामा संक्रमण, सक्रिय संक्रमित ३६ हजार बढी

२८ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज २८

गत २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कूल १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

जसमध्ये उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।