लेनदेनको बिगो मुद्दाका फरार १ जना पक्राउ

२८ आश्विन २०७७, बुधबार
तस्वीर- जिल्ला प्रहरी कार्यालय माेरङ

विराटनगरमा लेनदेनको बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गत २५ गते जिल्ला अदालत मोरङको आदेशले लेनदेनको बिगो मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १ नवप्रयास मार्ग बस्ने अन्दाजी बर्ष ३५ का मिलन घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका छन् ।

प्रहरीकाे टोलीले मङ्गलबार राती १०:०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ भट्टा चोकबाट पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।