सानिमा बैंकले बाँढ्याे लाभांश, बाेनस र नगद कति?

२८ आश्विन २०७७, बुधबार

सानिमा बैंकले १३.६०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस र कर सहित ३.६०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, ३१ करोड ६८ लाख ४९ हजार ६८०रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष बैंकले ११.०५% नगद लाभांश र १०% बोनस सेयर वितरण गरेको थियो । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार हुनेछ । असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८३ पैसा छ ।

Durbartimes