
विराटनगर ।
पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित प्रदेश १ मा थपिएका छन् ।
- सुनसरीमा १९७,
- मोरङमा १८५,
- झापामा ४६,
- उदयपुरमा ६,
- धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्ला मोरङमा
- विराटनगरमा १०९,
- सुन्दरहरैचामा ३२,
- रंगेलीमा १६,
- पथरीशनिश्चरेमा ९,
- सुनबर्षीमा ६,
- बुढीगंगामा ४,
- बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्ला सुनसरीको इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ र सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ ।
झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८१ जनाको प्रदेश १ मा पीसीआर परीक्षण गरिएको छ ।