दसैंको अवसरमा विराटनगरमा युनिक चस्मा घरको अनेकौं अफर

२९ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज २९

मोरङको विराटनगरमा  सञ्चालनमा रहेको युनिक चस्मा घरले विराटनगरमा वर्चस्व बडाउदै गइरहेको छ। ग्राहकको सुविधाका लागि चस्मा घरले अनेकौं सेवा तथा अफरहरू प्रदान गर्दै आइरहेको छ।

विगत जस्तै यो साल पनि उक्त चस्माघरले प्रत्येक चस्माको खरीदमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने बताएको छ। चस्माघरका प्रोप्राइटर रोयका अनुसार चस्मा खरीदका साथै ग्राहकलाई सस्तो दरमा चिकित्सकीय सुविधा पनि प्रदान गर्दै आएको छ।

विराटनगर ७ रङ्गेली रोडमा सञ्चालनमा रहेको उक्त चस्माघरले ग्राहकहरूको आँखाको विशेष उपचार तथा जाँचका लागि आवश्यक उपकरणको पनि प्रबन्ध गरेको छ।बच्चा तथा पुरुष र महिला सबैका लागि सबै खाले चस्मा सुपथ दरमा पाउन सकिने प्रोप्राइटर रोयले बताए।