प्रदेश १ को मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रले पाए १२ करोडका दमकल र प्रहरी भ्यान

२९ आश्विन २०७७, बिहीबार
तस्वीर- अनलाइनखबर

प्रदेश १ का स्थानीय पालिकाहरूमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको छ। त्यसैको प्रारूप स्वरूप यहाँको प्रदेश सरकारले करीब १२ करोड मूल्य बराबरका अत्यावश्यक सवारी साधन प्रदान गरेको छ।

बिहीबार प्रदेशका मुख्यमन्त्री शेरधन राईले सञ्चालन हुन लागेका पालिकालाई ११ वटा दमकल र ११ वटै प्रहरी भ्यान हस्तान्तरण गरे। जसमा दमकल ५ करोड ६७ लाख २० हजार र प्रहरी भ्यान ६ करोड २८ वाख २७ हजार मूल्यका रहेका छन्। दुवैको कूल मूल्य ११ करोड ९८ वाख बराबर हुन आउँछ।

प्रत्येक जिल्ला बराबर एक पालिका सञ्चालन हुने तथा बाँकी तीन पालिकालाई छिट्टै अरू सवारी दिइने बताइएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार ती सवारी विपद् व्यवस्थापन, सुरक्षा र एकीकृत शान्ति तथा स्वास्थ्य सेवामा सञ्चालन हुनेछन्।

जसमा सहभागी भएका पालिकाहरूमा सुनसरीको कोशी, मोरङको कानेपोखरी, झापाको कमल, इलामको देउमाई, पाँचथरको फिदिम, तेह्रथुमको आठराई, धनकुटाको धनकुटा, भोजपुरको हतुवागढी, खोटाङको खोटाङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको रौतामाई रहेका छन्।

तस्वीर- रासस