काठमाडौंकाे नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते

२९ आश्विन २०७७, बिहीबार
प्रतिनिधमूलक तस्वीर

काठमाडौं जिल्लाकाे काठमाडौं महानगरपालिका-१६ स्थित नयाँ बजारको फलफूल चोककाे एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिएका छन् । के कारणले विष्फाेट भएकाे र के कति क्षति भयाे भन्ने खुलेकाे छैन ।

घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएकाे छ।