डेढ महिनादेखि शाैचालयमा बन्धक बनाइएकी महिलकाे उद्धार

२९ आश्विन २०७७, बिहीबार

नयाँ दिल्ली । असाेज २९

भारतको हरियाणा राज्यमा एक पुरूषले आफ्नी ३५ वर्षीया पत्नीलाई विगत डेढ वर्षदेखि ट्वाइलेटमा अमानवीय तरिकाले बन्द गरेर राखेको खुलेकाे छ ।

हरियाणाको पानिपत जिल्ला ऋशपुर गाउँमा अवस्थामा राखिएकी ती महिलालाई जिल्लाको महिला तथा बाल कल्याण विभागका अधिकारीले बुधबार उद्दार गरेको हाे । भारतकाे हिन्दुस्तान टाइम्सका अनुसार पीडित महिलाका ३ सन्तान छन्। उद्धारपछि ती महिलालाई नागरिक अस्पताल लिएको थियोभने हाल उनलाई उनी भतिजको जिम्मामा  छिन् ।

महिलालाई बन्धक बनाएर राखिएको सूचना पाएपछि जिल्ला महिला संरक्षक अधिकारीका साथ प्रहरीले उद्धार गरकाे बताइएकाे छ।

एकदमै दयनीय अवस्थामा भेटिएकी महिलालाई डेढ वर्षदेखि अमानवीय अवस्थामा राखेको खुलेको हाे । कमजोर र हिँड्न नसक्ने अवस्था थिइन् भेटिएकी महिलाले खुला गरेपछि ८ वटा चपाती खाएकाे पनि अधिकारीहरूले जनाएका छन् । उचित खाना र पानीविनै रनखिएकी ती महिलाले ती महिलाले १७ वर्ष अगाडि नरेश कुमार नाम गरेको पुरूषसँग विवाह गरेकी र उनका १५ वर्षीय एक छोरी र ११ तथा १३ वर्षका दुई छोरा छन्।

उक्त महिलाका पति कुमारले श्रीमतीको मानसिक अवस्था ठिक नभएको दाबी गरेका छन् तैपनि परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरूको उत्तर दिएको बताएका छन् ।

पक्राउ परेका उनका पतिविरुद्ध कानुनबमाेजिम कारबाही पक्रिया अघि बढाइएकाे छ ।