म्यासेन्जरबाट छिमेकी बालकलाई अश्लील भिडियाे पठाएकाे आराेपमा एक पक्राउ

२९ आश्विन २०७७, बिहीबार

काठमाण्डाैँ । असाेज २९

काठमाण्डौमा एकजना बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएकाे  आराेपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको रावाबेसी गाउँपालिका घर भइ काठमाण्डौको कागेश्वरी मनहरा बस्ने २१ वर्षीय प्रविण ढकाल रहेका छन् ।

प्रहरीका अनुसार ढकालले छिमेकी बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरानी दिएपछि बालकका परिवारले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा ढकाललाई पक्राउ गरेर कारबाहीको लागि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार पछिल्लाे समय याे खालकाे साइबर अपराध माैलाएर गएकाे छ ।