
विराटनगर । असाेज २९
गत २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये ६९४ जनाको मृत्यु भएको छ । ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने गत २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।