बैंकमा कार्यरत सुरक्षा गार्डको खुकुरी खोसेर आक्रमण

२९ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

२९ असोज, काठमाडौं ।

ग्लोबल आईएमई बैंक, मध्यबानेश्वरमा कार्यरत सुरक्षा गार्डको खुकुरी खोसेर सोही कार्यरत गार्डमाथि खुकुरी प्रहार भएको छ ।

सामान्य विवादमा रुद्रबहादुर मगर (सुरक्षा गार्ड) उपर एकजना सेवाग्राहीले खुकुरी खोसेर प्रहार गरेका हुन् ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले अनलाइनखबरलाई खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको बताए र उनका अनुसार सेवा प्रवाहको विषयमा झगडा भएको थियो ।

(सुरक्षा गार्ड) मगर हाल बीएण्डबी अस्पतालमा उपचारत छन ।