विराटनगरमा २२५ सहित प्रदेशभर अहिलेसम्मकै उच्च संक्रमण

२९ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज २९

मोरङको विराटनगरमा १०० महिला तथा १२५ पुरुष गरी कूल २२५ जना सहित प्रदेश एकभर अहिलेसम्मकै ६५४ उच्च संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पहिलो पटक २४१ महिला तदा ४१३ जना पुरुषमा संक्रमण देखिएको हो।

त्यस्तै बेलबारीमा ३ महिला ७ पुरुष, पथरीका १ महिला १४ पुरुष, सुन्दरहरैंचामा ९ महिला १६ पुरुष, कानेपोखरीका २ महिला ११ पुरुष, कटहरीका १ महिला ५ पुरुष, बूढीगंगाका २ महिला ११ पुरुष, धनपालथानका २ पुरुष, ग्रामथानका २/२ महिला पुरुष, रतुवामाईका ७ पुरुष, केलाबारी र उर्लाबारीका १/१ पुरुष, रंगेलीका १/१ महिला पुरुष सहित नखुलेको १/१ महिला पुरुष छन्।

उता सुनसरीको धरानमा ५५ महिला ७७ पुरुष, बराहक्षेत्रका २ महिला ६ पुरुष, इटहरीका १५ महिला ३३ पुरुष, बर्जुका ३ पुरुष, दुहवीका १ महिला ३ पुरुष, हरिनगरका १/१ महिला पुरुष, कोशी र नखुलेका १/१ महिला पुरुष, इनरुवाका १ महिला ३ पुरुष, रामधुनीका २ महिला १ पुरुष तथा गढीका २ महिला र १ पुरुष छन्।

उता झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

बिहीबार ३२६ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।  १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २४१ महिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।

सामाजिक विकास मन्त्रालयका अनुसार गत २४ घण्टामा सुनसरीमा ५ तथा मोरङ र तेह्रथुममा २/२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।