नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण

३० आश्विन २०७७, शुक्रबार

३० असोज, ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।