बिराटनगरमा १३४ सहित प्रदेशमा ४६८ संक्रमित थपिए

३० आश्विन २०७७, शुक्रबार

विराटनगर, ३० असोज । प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिएका छन् ।

  • मोरङमा २०७,
  • सुनसरीमा २००,
  • झापामा २९,
  • तेह्रथुममा ७,
  • उदयपुरमा ४,
  • इलाममा ३,
  • धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना संक्रमित थपिएका हुन ।

विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष रहेको  प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ ।