काेराेनाका कारण पूर्वराजा ज्ञानेन्द्रले यसपाली सर्वसाधारणलाई टीका नलगाउने

१ कार्तिक २०७७, शनिबार
सर्वसाधारणाइ टीका लगाइदिँदै पूर्वराजा

काठमाडौं । कार्तिक ०१

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने भएका छन् । साथै उनले अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई पनि रोक्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिउको हो।

पूर्वराजा शाहको सचिवालयले एक सूचना जारी गर्दै आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै शान्त, शालीनता र सागदीका रुपमा दशैं मनाउने उल्लेख गरेको छ ।