विराटनगर ७ मा बनेकाे नाैलखा मार्ग सडक हप्ता दिनमै भत्कियाे

१ कार्तिक २०७७, शनिबार

विराटनगर । कार्तिक ०१

विराटनगर महानगरपालिका वडा नंं ७ भित्र रहेकाे पूर्व प्रधानमन्त्री मातृकास्राद काेइरालाकाे नामले चिनिएकाे सडककाे शाखा राेड नाैलखा मार्गमा बनाइएकाे सडक एक हप्ता नबित्दै भत्किएकाे छ । जनसमुदायकाे श्रमदान र वडाले विनियाेजन गरेकाे रकमबाट बनेकाे उक्त सडक एक हप्तामै भत्किएपछि स्थानीयहरूले विराेध जनाएका छन् ।

जीर्ण बनेकाे उक्त सडकमा वडाले १८ लाख बजेट विनियाेजन गरेकाे थियाे । कालिका कन्ट्रक्शनमा पहिले काम गरेका अनील पाेख्रेलले पाएकाे उक्त सडक निर्माणकाे काममा अनियमितता भएकाे स्थानीय गनपत नाैलखाकाे भनाइ छ । नाैलखा उक्त सडक निर्माणकाे अगुवाइ गर्नेमध्ये एक हुन् ।

यसबारे वडा नं ७ का वडाध्यक्ष मधुबाबु तिवारीसँग हाम्राे विराटनगरले जिज्ञासा राख्दा अलिकति निर्माणकर्ताकाे लापरबाही भएकाे स्वीकारे । सडककाे छेउमा कुनै व्यापारीकाे घरबाट सडक निर्माणकै क्रममा पानी झरेकाे र त्यसैले सडक खाल्डाे हुन पुगेकाे उनकाे भनाइ छ ।

यद्यपि वडाध्यक्ष तिवारीले त्यहाँ खानेपानीका NS पाइप १०० फीट पनि हालिएकाे र सडक निर्माणमा ८७ मीटरकाे जिम्मा लिएका पाेख्रेलले १०८ मीटर गर्नुपर्दा केही तलमाथि भएकाे हुनसक्ने जिकिर गरे । उनले भने –  “हामीले स्थलगत निरीक्षण गर्दा त्यस्ताे गुणस्तरहीन काम देखिएकाे छैन ।”