आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाकाे मृत्युपछि नाेबेलमा तनाव, छ जना प्रहरी नियन्त्रणमा

१ कार्तिक २०७७, शनिबार

विराटनगर । कार्तिक ०१

विराटनगरमा रहेकाे नाेबेल अस्पतालमा शुक्रबार साँझ भर्ना भएकी महिलाकाे मृत्यु भएपछि तनाव भएकाे छ । शुक्रबार साँझ स्वास्थ्यमा सामान्य समस्या भएर अस्पताल ल्याइएकी महिलाकाे केही बेरमै मृत्यु भएकाे थियाे ।

मृत्यु हुनेमा विराटगर महानगरपालिका–३ निवासी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेल छिन् । पेट दुखेको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएाे थियाे । माेटरसाइकलमै बसेर अस्पताल पुगेकी पाेख्रेलकाे चिकित्सककाे लापरबाहीका कारण ज्यान गएकाे भन्दै आफन्त तथा स्थानीय बासिन्दाले नाराबाजी, प्रदर्शन र तोडफोड गरेका छन् ।

बिरामीकाे अवस्था सामान्य रहेपनि अस्पतालले आईसीयू र भेन्टिलेटरमा राख्न नमानेकाे कारण मृत्यु भएकाे परिवारकाे गुनासाे छ । यद्यपि अस्पताल प्रशासनले भने मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

स्थानीयहरूले पत्रकारहरूलाइ बाेलाएपछि अस्पतालले भने प्रहरी खटाएर बल प्रयाेग गरेकाे थियाे जसबाट दर्जनाैँ पत्रकार तथा परिवार जनहरू घाइते पनि बनेका छन् ।

अस्तपालका दुइवटा बसमा ताेडफाेड गरेकाे आराेपमा प्रहरीले ६ जनालाइ नियन्त्रणमा लिएका छ । नियन्त्रणमा रहेकाकाे निशर्त रिहाइकाे माग गर्दै आफन्तले शव बुझेका छैनन् ।

केही दिनअघि मात्र पाठेघरकाे शल्यकृया गरेकाे नाेबेलमा एकजना महिलाकाे मृत्यु भएपछि तीन लाख रूपैयाँ दिएर उम्किएकाे थियाे । उनकाे पनि आन्द्रा काटिदिएकाे आफन्तले आराेप लगाएका थिए ।

उता माेरङ प्रहरीले भने चिकित्सकमाथि हातपात हुन लागेपछि बल प्रयाेग गर्नुपरेकाे बताएकाे छ ।