गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद : वीरगन्ज

१ कार्तिक २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

वीरगञ्ज । कार्तिक ०१

पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन प्रहरीले बरामद गरेकाे छ। वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा ठूलाे परिमाणमा सुन भेटिएकाे प्रहरीले जनाएकाे छ ।

अपार्टमेन्टमा प्रहरीले केही दिनदेखि निगरानी गरिरहेको बताएकाे छ । बरामद गरिएकाेमा १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) सुन रहेकाे छ ।

जसमा सुनका गरगहना पनि ६८१ ग्रामका छन् । जम्मा २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिएकी छन् ।

त्यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत रहेकाे छ। पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका थियाे तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

यो फ्लाट भारतीय नागरिक अशोक सिन्हाको रहेकाे बताइएकाे छ । यसबारे अनुसन्धान भइरहेको पनि पन्तले जानकारी दिइन् ।