खसीबाेकामा राताे र हरियाे चिन्ह, स्वस्थ पशु चिनेर किन्न काठमाण्डाैँ महानगरकाे सुझाव

१ कार्तिक २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

काठमाडौं । कार्तिक ०१

काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका खरीद गर्न सुझाव दिएकाे छ । पशुहरूमा विभिन्न राेग लागेकाे हुनसक्ने भन्दै किन्ने बेला चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरूलाई आग्रह गरेको हाे ।

महानगरका पशुसेवा महाशाखा प्रमुख  डा.अवधेश झाका अनुसार बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका छन्। उनका अनुसार स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको हाे ।

अनुगमनका क्रममा अस्वस्थ पशुकाे बिगबिगि पाइएपछि राताे र हरियाे चिन्ह लगाइएकाे हाे । उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्न उनकाे सुझाव छ ।