पक्राउको जानकारीविनै भारतमा नेपालीलाई जासुसी मुद्दा

१ कार्तिक २०७७, शनिबार

नयाँ दिल्ली। कार्तिक ०१

भारतले एकजना नेपाली नागरिकलाई जासुसीको आरोपमा पक्राउ गरी मुद्दा चलाएको छ। दिल्लीको विशेष प्रहरीले गोप्य सूचना चुहावटको आरोपमा शेरसिंह बोहरालाई पक्राउ गरी मुद्दा दायर गरेको हो।

बोहरासँगै क्वीन सी नाम गरेकी महिला पनि पक्राउ परेकी छन्। उनीहरूलाई भारतीय सुरक्षासँग सम्बन्धित सूचना चुहावटको आरोपमा पक्राउ गरिएको हो। चिनिया जासुसहरूलाई भारतीय सूचना चुहावट गरेको आरोपमा उनीहरूलाई मुद्दा चलाइएको हो। मुद्दा अहिले विचाराधीन रहेको बताएको छ।

तिहाड जेलमा हाल उनीहरू थुनामा रहेका छन् भने भारतीय कानून अनुसार उनीहरूलाई १४ बर्षसम्म कैद हुनसक्नेछ।

यद्यपि भारतीय गृह मन्त्रालयको परिपत्रमा कुनैपनि देशको नागरिकलाई पक्राउ गरिएको खण्डमा सो मुलुकको दूतावासलाई तत्काल जानकारी दिनुपर्ने उल्लेख रहेपनि हालसम्म कुनै जानकारी न आएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। यसबारे विस्तृत समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।