गत २४ घण्टामा देशभर ३१६७ जनामा काेराेना संक्रमण

१ कार्तिक २०७७, शनिबार

गत २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमित ३८ हजार ७ सय ३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ छन् भने हाेम आइसोलेशनमा २५ हजार ४ सय ३८ जना रहेका छन् ।

हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।