विराटनगरमा १२४ जना सहित प्रदेश १ मा ४८१ जना संक्रमित थप

१ कार्तिक २०७७, शनिबार

विराटनगर । कार्तिक ०१

माेरङकाे विराटनगरमा १२४ सहित प्रदेशमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । जिल्लागत रूपमा मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १२४, सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३/१३, बेलबारी र जहदामा ९/९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हाे ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २/२, बराहक्षेत्र र गढीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७/७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १/१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १/१ जना थप भएका छन् ।

साथै इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १/१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ । १ हजार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियाे ।

हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १२९ जनाले ज्यान गुमाएका छन् भने ५५६१ जना निकाे भएका छन् । शनिबार प्रदेशमा १ जना मात्र डिस्चार्ज भए भने सक्रिय संक्रमित ७४९३ जना छन् ।