जान्नैपर्ने गुगल प्ले स्टोरका यी ३ सेटिङ, यसले घटाउनेछ फोनको डेटा तथा ब्याट्री

१ कार्तिक २०७७, शनिबार
प्रतिनिधिमूलक तस्विर

विराटनगर । कार्तिक ०१

तपाईंकाे एन्ड्रोइड स्मार्टफोन छ भने गुगल प्ले स्टोर पनि छ । प्ले स्टोरबाट प्रयोगकर्ताले आफ्नो काम र रुचीसँग जोडिएका एपहरु इन्स्टल गरिरहेका हुन्छन् । प्ले स्टोरमा भएका केही सेटिङहरूमा ध्यान नदिने हो भने फोनको डेटा र ब्याट्री धेरै खपत भइरहेको हुन्छ ।

ती सेटिङलाई मिलाउने हो भने तपाईंको मोबाइलमा डेटा र ब्याट्रीको खपत धेरै मात्रामा कम गर्न सक्छ । यस्ता छन् सेटिङ-

 सेटिङ १-

तपाईंको मोबाइलमा इन्टरनेट डेटा एकदमै छिटो छिटो सकिने गर्दछ भने यो सेटिङ तपाईंका लागि उपयोगी हुनेछ । यसका लागि तपाईंले सुरुमा प्ले स्टोरको सेटिङमा गएर अटो अपडेट एपमा प्रवेश गरी तपाईंले डन्ट अटो अपडेट एप्सलाई छनौट गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले ओभर एनी नेटवर्क छान्नु भयो भने कुनै एपको अपडेट आउने वित्तिकै स्वतः अपडेट हुनेछ । यसबाट तपाईंको डेटा र ब्याट्री खर्च भइरहेको हुन्छ ।

सेटिङ २ –

तपाईं प्ले स्टोरको प्रयोग धेरै मात्रामा गर्नुहुन्छ भने यसले पनि फोनको ब्याट्री धेरै छिटो सकिरहेको हुन्छ र त्यसो हुन नदिन तपाईंले सेटिङमा गएर थिममा ट्याप गर्नुपर्ने हुन्छ । त्यसमा भएको सेट बाई ब्याट्री सेभरलाई छान्नुहोस् र सेटिङबाट प्ले स्टोर प्रयोग गरिरहँदा ब्याट्री डिस्चार्ज हुने दर निकै घट्नेछ ।

 सेटिङ ३-
तपाईंको मोबाइलमा लुकिछिपी तपाईंको मोबाइलमा कुनै एप कसैले इन्स्टल गरिदिन सक्छ । वा बालबालिकालाई आफ्नो स्मार्टफोन दिने गर्नुहुन्छ भने उनीहरुले पनि त्यसमा कुनै एप इन्स्टल गर्न सक्छन् ।

प्ले स्टोरको एउटा सेटिङबाट तपाईं यो सबै नियन्त्रण गर्न सक्नुहुन्छ । त्यसका लागि सुरुमा प्ले स्टोरको सेटिङमा जानुहोस् र प्यारेन्टल कन्ट्रोलमा जानुहोस् ।

अब त्यसमा तपाईंले जसै कन्ट्रोल अन गर्नुहुन्छ, चार अङ्कको पासवर्ड राख्नुपर्ने हुन्छ त्यसपछि पासवर्ड सेट गरेर तपाईंको प्ले स्टोर लक हुनेछ र स्टोर खोल्ने बित्तिकै पासवर्ड माग्नेछ । टेकपानामा यसबारे विस्तृत जानकारी प्रकाशित छ ।