भारतीय मथुरा अदालतकाे स्वीकृति : कृष्ण जन्मभूमिसँग जोडिएको मस्जिद हट्न सक्ने

१ कार्तिक २०७७, शनिबार
भारतकाे उत्तरप्रदेशमा अवस्थित श्रीकृष्ण जन्मभूमि तथा मन्दिर

उत्तर प्रदेश । कार्तिक ०१

भारतको अयोध्यामा श्रीराम जन्मभूमिमा कानुनी प्रकृयामा राम्रो साथ मिलेपछि यो सिलसिलाले भारतमा अहिले चौतर्फी रूपमा प्रोत्साहन पाएकाे छ। साेही क्रममा अहिले मथुरामा पनि यसअघि रद्द गरिएको श्रीकृष्ण जन्मभूमि सम्बन्धी मुद्दाले माहोल तताएको हाे ।

यसअघि यो मुद्दा सिभिल जज कोर्टले रद्द गरेपछि वादीले यो मुद्दा जिल्ला अदालत लगेका थिए तर त्यहाँ भने स्वीकार भएको हो ।

अहिले मथुरा अदालतमा भएको स्विकारोक्तिपछी यो मुद्दाले अब कानुनी मार्गमा अघि बढ्ने मान्यता पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याेसँगै ‘श्रीकृष्ण जन्मभूमि’सँग जोडिएको इद्गाह मस्जिदलाई हटाउने सम्बन्धी उक्त मागको अर्को सुनुवाइ १८ अक्टुबरमा हुनेछ।

वादीको अपील अनुसार १३.३७ एकड़ जमीनमाथि दावा गर्दै सो जमीनप्रतिकाे मालिकाना हक माग गरिएको छ । मुद्दामा प्रतिवादी तर्फको अपिल पनि सुनुवाईको लागि पनि मार्ग खुला गरिनेछ ।