आइसोलेसनबाट फरार भएका थुनुवा पक्राउ

१ कार्तिक २०७७, शनिबार
सांकेतिक तस्वीर

लाहान । कार्तिक ०१

उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।

गाँजासहित पक्राउ प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब पाँच किलो गाँजासहित बरियारपट्टि–१ निवासी गणेश शर्मा, औरही गाउँपालिका–२ तुलसीपुर निवासी श्रवणकुमार यादव र गणेश यादवलाई पक्राउ गरेको हो ।

स९प ३९१० र स११प ३५४० नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।रासस