उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला अदालत भवनको परिसर नजीकै अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवन उदयपुरको शिलान्यास गर्नुभएको हो ।
बाह्र कट्ठा आठ धुर जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करीब ८१० मिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालत उदयपुरका तहसिलदार राजकुमार आचार्यले बताउनुभयो ।
नेपाल सरकारको १६ करोड २२ लाख ५० हजारको बजेटमा बोलपत्र आह्वान भएकामा सिएमरकृष्णलक्ष्मी जेभी काठमाडौँको निर्माण कम्पनीले रु १३ करोड ४२ लाख ८१ हजार ९२६ को बजेटमा नयाँ भवन निर्माण कार्य शुरु गर्न लागेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।
भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै तीन तलाको भवन, दुईवटा लिफ्टसहितको एक सानो र अर्को ठूलो लिफ्टको व्यवस्था रहने जिल्ला अदालत उदयपुरले बताएको छ । यस्तै भवन निर्माणसँगै पाँचवटा इजालाससहितको चारवटा सामान्य इजालास र एक बालइजालास भवन कोठाको समेत व्यवस्था हुने भएको अदालतका तहसिलदार राजकुमार आचार्यले बताउनुभयो ।रासस
विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ...
विराटनगर, ७ माघ । विराटनगरका ब्यापारी रोहित पारख करोडौंको ठगि गरि फरार भएका छन । आफैंले अर्कालाई बहालमा दिएको गोदाममा राखिएकोे माल सामग्रीसमेत आफ्नो...
प्रहरीले ठूलो मात्रमा लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ का सन्दीप राई, सोही स्थानका ३२ वर्षीय...