सन् २००० मै भारतमा बिक्री गर्न राेक लागेकाे माछा आयात गर्न विराटनगरका व्यापारीकाे माग

१ कार्तिक २०७७, शनिबार
प्रतिबन्धित माछा

विराटनगर । कार्तिक ०१

गत साउनदेखी पशु सेवा विभागले उत्पादन तथा बिक्री वितरणका लागि रोक लगाएको माछा निर्वाध रूपमा आयात गर्न पाउनु पर्ने माग विराटनगरका माछा व्यापारीहरूले गरेका छन् । मागुर प्रजातिको उक्त माछा विराटनगरका माछा व्यापारीहरूले शनिबार पत्रकार सम्मेलन नै गरी आयात खुलाउन माग गरेका हुन् ।

भारतमा भने साे प्रजातिकाे माछा सन् २००० देखि नै पालन तथा बिक्रीमा प्रतिबन्ध लागेकाे बताइएकाे छ। तर नेपालमा चाहिँ भारतबाटै ल्याएर बिक्री गर्ने गरेका व्यापारीहरूले पशु सेवा विभागकाे निर्णय विपरीत आयात गर्न पाउनु पर्ने माग राखेका हुन् । मर्करी अर्थात् पाराे नामक तत्व पाइने उक्त माछा मानव स्वास्थ्यमा हानिकारक भन्दै भारतले प्रतिबन्ध लगाएकाे थियाे ।

पशु सेवा विभागले भदौ १२ गते भारतबाट आयात हुने मागुर माछालाई प्रतिबन्ध लगाउने निर्णय गरेतापनि व्यापारीहरूले यस्लाइ गैरकानूनी कदम भन्दै खुलेर कालाेबजारीकाे माग गरेका हुन् ।

सर्वाेच्च अदालतमा रिट दायर गरेका व्यापारीहरूका लागि सहज हुनेगरी  केही दिन अघिमात्र अन्तरिम अादेश सर्वाेच्चले दिएकाे छ । अदालतले छलफलका लागि दुवै वादी-प्रतिवादीलाइ बाेलाएकाे छ भने प्रतिबर्ष साे माछा नेपालमा ४ हजारसम्म भित्रिने गरेकाे छ ।