नेपाल र बाङ्लादेशकाे मैत्रीपूर्ण खेल हुने

१ कार्तिक २०७७, शनिबार

काठमाण्डाैँ । कार्तिक ०१

नेपाली राष्ट्रिय फुटबल टोलीले बाङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेपले) अखिल नेपाल फुटबल संघलाई मैत्रीपुर्ण खेलका लागि अनुमति दिएपछि नेपालले बाङ्लादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको हो।

यसअघि बाङ्लादेश फुटबल संघले एन्फालाई ११ र १९ नोभेम्बरमा दुई मैत्रीपुर्ण खेलका लागि निम्तो गरेको थियो।
त्यसअनुरूप एन्फाले राखेपलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति मागेको थियो।

अब राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलका लागि दसैंपछि अभ्यास थाल्ने एन्फाले जनाएको छ । नेपालमा गत चैतदेखि फुटबलका सम्पूर्ण गतिविधि ठप्प छन्।