कृषिमन्त्रीद्वारा भेडा स्रोत केन्द्रको अनुगमन

२ कार्तिक २०७७, आईतवार

रुपन्देही । लुम्बिनी प्रदेशकी भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गर्नुभएको छ । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा रहेको उपल्लो सेराको मन्त्री पौडेलले स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताउनुभयो । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यावसायिक बनाउनुपर्नेमा उहाँको जोड थियो ।

यसैबीच स्थानीयवासीले मन्त्री पौडेल समक्ष विभिन्न माग राखेका छन् । यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरेका छन् । पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।

उनीहरुले गाउँपालिकामै साना उद्योग सञ्चालन तथा कृषि एम्बुलेन्स सञ्चालनको माग गरेका छन् भने कृषकका लागि आएको बजेट र कार्यक्रम सोही शीर्षकमा खर्चिनुपर्ने माग गरेका छन् । स्थानीय कृषकले राखेका मागको सम्बोधन गर्दै मन्त्री पौडेलले भेडा पालनलाई उद्योगसँग जोड्ने तयारी प्रदेश सरकारले गरिरहेको बताउनुभयो । पशुपालकसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाउँदै उ