एनआईसी एशिया बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङहरु !

२ कार्तिक २०७७, आईतवार

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट इजातजप्राप्त गरेको बैंक । त्यो पनि क बर्गको वाणिज्य स्तरको बैंक । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको खाताबाट विभिन्न शिर्षकमा पैसा काट्ने गरेका दर्जनौ प्रमाणहरु ग्राहकले बैंकिङ खबरलाई पठाउन थालेका छन् । उक्त बैंकले ग्राहकको पैसा झिकेको समाचार बैंकिङ खबरमा प्रकाशित भएपछि एनआईसी एशिया बैंकले दिएको पीडा ओकल्न बैंकिङ खबरको कार्यालयमा सो बैंकका ग्राहककले दिनहुँ टेलीफोनबाट समस्याहरु राख्ने गरेका छन् । कुनै पनि बैंकले ग्राहकले राखेको पैसा बैंक आफैले झिक्छ भन्दा कसैलाई पत्यार लाग्ने विषय होइन । नेपाल सरकार अन्तरगतको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सबैभन्दा माथिल्लो तहको बैंकले नै यस्तो हर्कत गरेपछि उक्त बैंकमा खाता खोलेका र पैसा राखेका हजारौं ग्राहकले फेसबुक र भाइबर मार्फत एनआईसी एशिया बैंकले दुख दिएको बताएका छन् ।

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नु होला ।