Premier Cables

अर्थ

भिजिट भिसा प्रकरणपछि अध्यागमनका आठ कर्मचारीको सरुवा

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०९, २०८२  | साँझ ४:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ ।

गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो ।

विज्ञापन

सरुवा हुनेमा नायम सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् ।

त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

अख्तियारको निष्कर्ष

तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च तह’बाटै सञ्चालित छ । यसअघि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ। अख्तियारले उनलाई जेठ ७ गते गृहमन्त्रालयबाट नियन्त्रणमा लिएको थियो। उनी जेठ ६ गतेमात्रै अध्यागमन विभागबाट गृहमन्त्रालय सरुवा भएर आएका थिए ।

अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

लायन्स क्लब अफ विराटनगर सिटिजन्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ लाख ११ हजार सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदी पारिका क्षेत्रमा वितरण चुनौती

Clock Iconआइतबार, भाद्र १४, २०८३

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka