विराटनगरमा अवैध रूपमा भारतबाट ल्याइएको लत्ताकपडा बरामद

२ कार्तिक २०७७, आईतवार
तस्वीर- माेरङ, जिल्ला प्रहरी कार्यालय

विराटनगर। कार्तिक ०२

भारतबाट अवैध रूपमा ल्याइएकाे कपडा प्रहरीले बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार करीब तीनलाख सत्तरी हजार बराबरकाे कपडा अवैध रूपमा भित्र्याउँदै गरेकाे अवस्थामा बरामद भएकाे हाे ।

अाइतबार बिहान ०६ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बरामद गरेकाे हाे ।

विशेष सुचना पाएकाे प्रहरीले भारतबाट नेपलातर्फ आईरहेको को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाईछिपाई ल्याउँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस अन्दाजी मूल्य रु ३,७०,०००।– (तिन लाख सत्तरी हजार मात्र ) बराबरको कपडा सहित १ थान टेम्पो बरामद गरी भन्सार कार्यालय रानीमा बुझाएकाे जनाएकाे छ ।