घरकाे वाल बनाउने काम गरिरहेका शिवलाई अचानक करेन्ट लागेपछि ज्यान गयाे

२ कार्तिक २०७७, आईतवार
सांकेतिक तस्वीर

सुनसरी । कात्तिक ०२

सुनसरीकाे दुहवी नगरपालिका  २ का ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।आइतबार बिहान ११ बजेति खनारमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली पाेलकाे तार सर्ट भई करेन्ट लाग्दा चौधरी बेहोस भएका थिए ।

विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुलेकाे छ भने घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।