देशभर एकैदिन २९४२ जनामा काेराेना भाइरस संक्रमण

२ कार्तिक २०७७, आईतवार

गत २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका मात्रै छन् ।

याेसँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । जसमा ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित रहेका छन् ।