काेराेनाकाे उपचार अब नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने

२ कार्तिक २०७७, आईतवार

विराटनगर । कार्तिक ०२

अब कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार आर्थिक रूपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको बताएका छन् ।

तर उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । अरू सबै व्यक्तिको हकमा भने परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको प्रवक्ता गाैतमले बताए ।

गाैतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि भर्ना भएका तथा परीक्षण गर्नेहरुमा लागू हुने जनाइएकाे छ ।