विराटनगरमा अवैध रूपमा भन्सार छली ल्याइएको दाल बरामद

२ कार्तिक २०७७, आईतवार
तस्वीर- जिल्ला प्रहरी कार्यालय माेरङ

विराटनगर । कार्तिक ०२

प्रहरीले विराटनगरकाे मटेरुवाबाट अवैध रूपमा भन्सार छलेर ल्याएर भण्डारण गरी राखिएकाे अवस्थामा दाल बरामद गरेकाे छ । विराटनगर १७ की चुलियादेवी शाहकाे घरमा लुकाएर राखिएकाे दाल करीब ४५० केजी रहेकाे प्रहरीले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार  भन्सार छलेर ल्याइएकाे मटरकाे दाल छ भन्ने गाेप्य सूचनाकाे अाधारमा शाहकाे घरमा खानतलासी गर्दा करीब ३८ हजार मूल्य बराबरकाे मटरकाे दाल बरामद गरी भन्सार कार्यालय रानीमा बुझाइएकाे छ ।

दाल खरीदकाे बिल नपाइएपछि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।