विराटनगरमा १५४ सहित प्रदेश १ मा ४७४ जनामा काेराेना संक्रमण

२ कार्तिक २०७७, आईतवार

विराटनगर । कार्तिक ०२

माेरङकाे विराटनगरमा १५४ जनासहित प्रदेशमा ४७४ जना संक्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अाइतबार साे संख्यामा संक्रमण देखिएकाे हाे ।

मन्त्रालयका अनुसार जिल्लागत तथ्याङ्क अनुसार मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुंगामा १/१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थप भएका हुन् ।

स्थानीय पालिकामध्ये विराटनगरमा ५० महिला र १०४ पुरुष गरी १५४ जनामा संक्रमण देखिएको छ ।

मोरङकै सुन्दरहरैँचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२/१२, बूढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना थपिएका छन् ।

सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २/२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जना थपिएका छन् ।

झापाको भद्रपुरमा १५, दमकमा १३, बिर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २/२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १/१ जना मात्र छन् ।

उदयपुरको कटारी र त्रियुगामा १३/१३, उदयपुरगढी, बेलका तथा चौदण्डीगढीमा १/१ जना मात्र छन् ।

इलामको इलाममा ४, फाकफोकथुम, माइजोगमाई र सूर्योदयमा १/१ जना छन् भने संखुवासभाको चैनपुर र मकालु २/२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १/१ जना थप भएका हुन् ।

उता धनकुटाको छथरमा १, तेह्रथुमको लालीगुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुंगाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले  सार्वजनिक गरेकाे छ ।

हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ५६ पुगेको छ ।

आज १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५ सय ७५ रहेकाे छ । सक्रिय संक्रमित ७ हजार ९ सय ५० जना रहेका छन् । १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रदेशभर आइतबार १ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएकामध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ देखिएकाे छ ।

प्रदेशमा कूल १ लाख ४६ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण भएकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।