मोरङको ठाडियामा भयो सवारी दुर्घाटना, मानवीय क्षति नभएपनि सवारीमा ठूला क्षति (तस्विर सहित )

३ कार्तिक २०७७, सोमबार

विराटनगर । कार्तिक ०३

मोरङको ठाडियामा आज बिहान सवारी दुर्घटना भएको छ। बिहान करीब ६:३० बजे स्कुटर,बुलेरो र कार एक आपसमा ठोक्किएका थिए।प्रत्यक्षदर्शीका अनुसार सवारी दुर्घाटनामा कारमा ठूवो क्षति भएको छ भने कुनै मानवीय क्षति भने भएको छैन।

सुन्दरपुरहरैंचा ट्राफिक प्रहरीका अनुसार घटना बारे अनुसन्धान भइरहेको छ।तीव्र गतिमा रहेको कार गलत लेनबाट आएको कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यो इटहरी-विराटचौक सडकखण्डमा प्रायः दुर्घटना भइरहन्छ।