असी हजारको अवैध मदिरा मोरङबाट बरामद

३ कार्तिक २०७७, सोमबार

बिराटनगर कर्त्तिक ३,

मिति २०७७।०६।३० गते अन्दाजी १८:४० बजे जिल्ला मोरङ जहदा गापा-१ धुनी मोड स्थित ईप्रका बुधनगर बाट खटिएको प्रहरी टोलीले चोरी निकासी पैठारी नियन्त्रण गर्ने अभियान स्वरुप विशेष सुचनाको आधारमा को २ ह ३७९२ नम्बरको अटो टेम्पोलाई रोकी चेक जाच गर्दा २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक,१० काटुन उमंग, २ बोतल सिंग्नेचर गरी अन्दाजी मुल्य रु.८०,०००।–(असी हजार मात्र ) बराबरको मदिरा बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यलायले जानकारी दिएका हो ।