केएमसी अस्पताल को तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

३ कार्तिक २०७७, सोमबार

३ कात्तिक, काठमाडौं ।

काठमाडौं सिनामंगलस्थित(केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए र गम्भिर घाइते भइ उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

सोमबार बिहान खड्काले आमा औषधि किन्न गएका बेला हाम फालेका थिए । आमाले आइतबार खड्काको घरमा हात, खुट्टा पोलेपछि केएमसीमा भर्ना गरेकी थिइन् ।

प्रहरी अनुसार खड्का मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।