Logo

तीनजना सट्टेबाज विराटनगरबाट पक्राउ

Logo 2020-10-19 12-10    Hamro Biratnagar

विराटनगर ।

छिमेकी मुल्क भारतको BCCI (Board of Control Cricket India) द्वारा UAE मा आयोजित IPL (India Premier League) मा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले मध्यरातमा विराटनगरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे विराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।  उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सट्टेबाजीमा संलग्न ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अलीसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?