मुक्काले हान्दा श्रीमतीकाे ज्यान गयाे

३ कार्तिक २०७७, सोमबार
सांकेतिक तस्वीर

विर्तामाेड । कार्तिक ०३

झापामा श्रीमानले मुक्काले हानी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीकाे हत्याकाे अाराेपमा प्रहरीले उनका श्रीमान् पर्वत राईलाई नियन्त्रणमा लिएकाे छ ।

आइतबार साँझ करीब सात बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुक्काले हानेका थिए।

मुक्काले लागेर घाइते बनाएको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो। प्रहरी पुग्दा श्रीमतीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् ।

सामान्य विवाद हुँदा श्रीमतीलाई हानेको भनिए पनि के विवाद थियो भन्ने पूर्ण विवरण खुलिसकेको प्रहरीले जनाएकाे छ ।

श्रीमान् पर्वत राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ ।