प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

३ कार्तिक २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

मिर्चैया ।  कार्तिक ०३

सिराहाकाे मिर्चैयाबाट प्रहरीले एक क्विन्टल प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मिर्चेया नगरपालिका-१ मनहर्वा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई  चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको हाे ।

सिराहा प्रहरीका अनुसार ५ पोका ठूलो र २ पोका सानो प्लाष्टिकको बोरामा राखिएको उक्त गाँजा फेला परेपछि ट्याक्टर चालक मिर्चैया नगरपालिका-१ बस्ने १९ वर्षीय सुन्दर कापर र सह चालक सोही ठाउँका २६ वर्षीय जितेन्द्र महतोलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।