कर्फ्यू तथा संकटकाल : भ्रामक अफवाह फैलिएकाे गृह मन्त्रालयकाे स्पष्टाेक्ति

३ कार्तिक २०७७, सोमबार
home । गृह

विराटनगर । कार्तिक ०३

एसएमएस तथा सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर गलत सूचना फैलिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनेकाे छ ।

एसएमएस बारे आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले बताएका छन् ।
गृहकाे सूचना-