चोरी भएका ३८ थान मोबाइल सेट फेला पारी सम्बन्धितलाई बुझाइयो

३ कार्तिक २०७७, सोमबार
तस्वीर- इलाका प्रहरी कार्यालय इटहरी

इटहरी । कार्तिक ०३

हराएका तथा चोरि भएका ३८ थान माेबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाइकाे छ । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका ३८ थान माेबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको बताएकाे छ ।

विभिन्न स्थानबाट माेबाइल सेट हराएको तथा चोरी भएको भन्नी विभिन्न व्यक्तिले दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान माबाइल सेट फेला पारी आजै सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको हाे ।

तस्वीर- इलाका प्रहरी कार्यालय इटहरी

प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाई सकिएको उक्त कार्यालयले जानकारी दिएकाे छ।