गत २४ घण्टामा देशभर ३७९० संक्रमण, सक्रिय संक्रमित ४० हजार नाघे

३ कार्तिक २०७७, सोमबार

विराटनगर । कार्तिक ०३

नेपालमा गत २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएकाे १५ हजार ७१४ नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन् ।

याे सँगै देशमा कूल सक्रिय संक्रमितकाे संख्या चालीस हजार नाघेकाे छ । मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो ।