प्रदेश १ मा संक्रमितभन्दा डिस्चार्ज हुने बढी, विराटनगरमा ७१ जना संक्रमित

३ कार्तिक २०७७, सोमबार

विराटनगर। कार्तिक ०३

गत २४ घण्टामा प्रदेश नंबर १ का विभिन्न आइसोलेसनबाट ४६५ जना संक्रमित डिस्चार्ज भएका छन्। जसमा १४६ जना महिला र ३१९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत २४ घण्टामा मोरङको विराटनगरमा २२ महिला सहित ४९ पुरुष गरी कूल ७१ जना संक्रमित थपिएको जनाएको छ । साथै प्रदेशभर  ३३२ जना थपिएका छन् ।

मोरङकै बेलबारीमा १२ महिला १९ पुरुष, कानेपोखरीमा २ महिला १० पुरुष, कटहरीमा ३ पुरुष, पथरीमा १ महिला ५ पुरुष, सुन्दरहरैंचामा ५ महिला, उर्लाबारीका १ महिला २ पुरुष, ग्रामथान र लेटाङका १/१ पुरुष, बूढीगंगाका २ महिला १ पुरुष, रतुवामाईका २ महिला तथा रंगेलीकी १ महिला र जहदाका १ पुरुष छन्।

साथै, सुनसरीको धरानमा ४९  महिला ५१ पुरुष गरी १०० जना , इटहरीमा ८ महिला १३ परुष गरी २१, भोक्राहा र गढीमा २/२, बर्जुमा १, इनरुवामा २, रामधुनीमा २ र नखुलेको एक जना छन्।

उता उदयपुरमा ६ जना, झापामा ४१, संखुवासभाका ४, इलामका १ जना तथा प्रदेश बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रदेशमा ११ सय ४४ जनाको पिसीआर परीक्षण भएको थियो भने हालसम्म एक लाख ४७ हजार ९९४ जनाको परीक्षण भएको हो।

मंगलबार मात्रै ५ जनाले ज्यान गुमाए भने कूल मृतक १३६ पुगेका छन्। सक्रिय संक्रमित ७ हजार ८१३ र डिस्चार्ज ६ हजार ३९ जना भएका छन्।

जिल्लागत संक्रमणमा माेरङ ७ हजार ९६७ जनामा छ भने सबैभन्दा कम साेलुखुम्बुमा १० जना रहेका छन् ।